२ लघुवित्तसहित १६ कम्पनीको पौने ६ अर्बको आईपिओ आउदै, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 08:57:26 AM मा प्रकाशित

laxmi  sunrise bank

१६ वटा कम्पनीहरु आईपिओ निष्काशन गर्ने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गर्ने कम्पनीको संख्या १५ पुगेको हो । यी १६ कम्पनीले कुल ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रकम बराबरको ५ करोड ८८ लाख ५० हजार १ सय ८५ कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् । 

आईपिओ निष्काशनको अनुमति माग गर्ने मध्ये १२ जलविद्युत् कम्पनी, दुई लघुवित्त कम्पनी र अन्य समुहका दुईवटा कम्पनी रहेका छन् । जस मध्ये  भोटेकोशी जलविद्युतले सबैभन्दा बढि १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।  

हेर्नुस कसको कति आईपिओ पाईपलाइनमा  ? 

साहस उर्जा लिमिटेड ः   १ करोड ५ लाख कित्ता,

सामलिङ पावर कम्पनी ः   १२ लाख ३० हजार कित्ता

बुद्ध भुमि नेपाल हाइड्रो पावर कम्पनि लि. ः   १२ लाख कित्ता

मनकामना स्मार्ट लघुवित वित्तिय संस्था लि. ः ३८ हजार ९ सय कित्ता

जीवन विकास लघुवित्त वित्तिय संस्था लि. ः   १९ लाख ७७ हजार ३ सय कित्ता

सयपत्रि हाइड्रो पावर लि. ः   ९ लाख कित्ता

बलेफी हाइड्रो पावर लि.   ः ३६ लाख ५५ हजार ९ सय ४० कित्ता

ग्रीन भेन्चर लि.  ः     ६२ लाख ५० हजार कित्ता

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी  ः  ३३ लाख ७ हजार ५ सय कित्ता

हिमालयन हाइड्रो लि. ः २२ लाख ५० हजार कित्ता

डिस मिडिया नेटवर्क लि.  ः २३ लाख ८५ हजार ९ सय २९ कित्ता

मैलुङखोला जलविद्युत कम्पनि लि. ः  ७ लाख ३६ हजार २ सय ८६ कित्ता

मध्य भोटेकोशी जलविद्युत कम्पनि लि.  ः  १ करोड ५० लाख कित्ता

न्यादि हाइड्रो लि.  ः  ४० लाख ५० हजार कित्ता

सिइडिबी हाइड्रो विकास कम्पनि लि.  ः   २५ लाख १८ हजार २ सय ३० कित्ता

विन्धवासीनि हाइड्रो विकास कम्पनि लि.  ः २५ लाख कित्ता 


बोर्डको स्वीकृति पाए लगत्तै यी कम्पनिहरुले आईपिओ जारी गर्ने छन् । सिडीएसको पछिल्लो तथ्यांक अनुसार हाल मुलुकभर डिम्याट खाताको संख्या ३३ लाख ७४ हजारभन्दा बढि पुगेको छ  । यसले पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखाउँछ । अनलाइन बाट नै थोरै लगानीबाट छोटो समयमै आकर्षक प्रतिफल प्राप्त गर्न सकिने देखिएपछि लगानीकर्ता आईपिओमा आकर्षित भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved