एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 10:26:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २ सय २४ रुपैयाँ ७२ पैसा रहेको छ।   कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved