नयाँ वर्षमा नयाँ रेकर्ड, नेप्सेको कारोबार ८ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 03:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार  ६ सय ५९ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबार आएका २१८ कम्पनीको १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ को बिन्दुमा पुगेको छ । यो हाल सम्म कै उच्च बिन्दु हो । 

आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, होटल र पर्यटन, निर्जीवन बिमा , जीवन बिमा लगाएतका समुहको सुचक बढेको छ भने हाईड्रो पावर, ट्रडिङ्को समुहगत सुचक घटेको छ । 

आज एनआइसी एसिया बैंकको ३२ करोड ६२ लाख, नबिल बैंकको २३ करोड १५ लाख, निफ्राको ४९ करोड ८७ लाख, नेपाल बैंक १३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज हाईड्रो पावर र ट्रडिङ् समुह बाहेक सबैको सेयर मूल्य वृद्धि भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved