थप ९ कम्पनी बुक विल्डिङ्ग आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागी हुन पाउने

पहिलो पटक लघुवित्तलाई पनि स्वीकृति प्रदान
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 08:37:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ९ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज आइतबार थप ९ कम्पनीलाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ८३ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ कम्पनीलाई, त्यसपछि दोस्रो चरणमा थप १८ कम्पनीलाई र तेस्रो चरणमा थप १० कम्पनीलाई स्वीकृति दिएको थियो  । आज थप ९ कम्पनीले स्वीकृति पाएसंगै यस्तो स्वीकृति पाउनेको संख्या ८३ पुगेको हो ।

आज स्वीकृति पाउनेमा सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेष्टमेन्ट प्रालि, आईसीएफसी फाइनान्स, जे-नेक्स इन्भेष्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, र नेपाल बैंक रहेका छन् ।  यससंगै योग्य स्वाभिमान लघुवित्त संस्थागत लगानीकर्ताको कार्यको रुपमा काम गर्न स्वीकृति पाउने पहिलो लघुवित्त बनेको छ  । यस अघि कुनै पनि लघुवित्तले यसको लागि स्वीकृति पाएका थिएनन्  । 

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved