रोक्का रहेको कारोबार खुलेकै दिन विशाल बजार कम्पनीको शेयर मूल्यमा सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 11:16:38 AM मा प्रकाशित

रोक्का राखिएको कारोबार खुलेकै दिन विशाल बजार कम्पनी Bishal Bazar Company  को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज प्रि ओपन सेसनमा कम्पनीको शेयर मूल्य ५ प्रतिशत बढेर ३०२४ पुगेकोमा नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात् २८८ रुपैयाँले बढेर ३१६८ रुपोयाँ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म कम्पनीको ४३ हजार कित्ता बढी शेयर खरिद गर्नको लागि अर्डर रहेको छ भने कोहि पनि बिक्रिकर्ता छैनन् ।  

कम्पनीको कारोबार गत माघ १८ देखि रोक्का गरिएकोमा वैशाख ८ देखि लागु हुने गरि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो  पत्राचार गर्दा समेत कम्पनीले लेखापरीक्षण भएको विवरण, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण पेश नगरेपछि नेप्सेले कारोबार रोक्का गरेको गरेको थियो 

कम्पनीले आर्थिक वर्ष ७३/७४ देखि ७६/७७ सम्मको लेखापरीक्षण हुन् बाँकि वित्तीय विवरण र आर्थिक वर्ष ७७/७८ को पुस मसान्तसम्मको विवरण तथा अन्य त्रैमासिक तथा अर्थवार्षिक विवरण कम्पनी लग इन प्रयोग गरि नेप्सेको वेबसाइटमा अपलोड गरेको नेप्सेले जनाएको छ। त्यस्तै कम्पनीले लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि यथाशीघ्र साधारणसभा गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कम्पनीको ह्स्येरा कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ  ।  

 त्यस्तै नेप्सेले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली अक्षरस पालना गर्नको लागि कम्पनीलाई सचेत गराएको छ  । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved