सारथी नेपाल लघुवित्तको ४ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 08:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथी नेपाल लघुवित्तको ४ हजार कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । कम्पनीले आफ्ना संस्थापक शेयरधनीबाट चुक्ता नभई बाँकि रहेको ४ हजार १ सय ५८ दशमलव ५० कित्ता संस्थापक  शेयर लिलाम गर्न लागेको हो । यद्यपि यस लिलामीको शेयरमा हाल कायम संस्थापकले मात्र आवेदन दिन सक्ने छन् 

कम्पनीले यी शेयर बैशाख ७ देखि बैशाख २४ गतेसम्म लिलाम गर्न लागेको हो । कम्पनिले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकेको छ । आवेदन दिंदा सो भन्दा बढी रकम कबुल गरेर दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलामीको लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्ट (अनुसूची ३) को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, लगायतका कागजात अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved