बेष्ट फाइनान्सको साधारणसभा आह्वान, मर्जरको अख्तियारी दिने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 09:11:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले बैशाख ३१ गते शुक्रबार कमलादी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो

सभामा मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । सभाले मर्जर तथा प्राप्तिको निर्णय गर्ने, सम्झौतामा हस्ताक्षर गर्ने, डिडिएको लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, लगायत मर्जरको सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुने छ । 

त्यस्ता सभामा सामान्य प्रस्ताव अन्तर्गत  अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्तिको अनुमोदन गर्ने, नयाँ संचालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  बैशाख १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved