६३ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 08:14:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited  को खुद नाफा ६३.०२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको मुनाफा बढेर १ अर्ब ६३ करोड पुगेको हो ।

बैंकको अन्य संचालन मुनाफा ५१४ प्रतिशतले बढेर १९ करोड २४ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोड कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रहेको छ

समिक्षा अवधिमा बैंकको निक्षेप १०.३२ प्रतिशतले बढेर ७३ अर्ब २९ करोड पुगेको छ भने कर्जा प्रवाह १२.२१ प्रतिशतले बढेर ६६ अर्ब २७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.७६ प्रतिशतबाट घटेर १.९१ प्रतिशत कायम भएको छ । ९ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ८९ करोड रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६५.४६ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved