माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ८४ करोड, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 09:31:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  को खुद नाफा १०.६१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १६ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब २९ करोड पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड पुगेको छ यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६९ लाख रहेको छ

समिक्षा अवधिमा बैंकको निक्षेप २०.५६ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १७.८४ प्रतिशतले बढेर १ खर्ब १२ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतबाट बढेर ०.५१ प्रतिशत पुगेको छ  । ९ अर्ब  ५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ३ अर्ब ५६ करोड रहेको छ

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.०१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३९.३४ रुपैयाँ रहेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved