मेगा बैंकको नाफा २ अर्ब नजिक, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 08:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंक Mega Bank Nepal Limited  को खुद नाफा ३५.९५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४५ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब ९७ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २९ करोड रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी २८.४२ प्रतिशतले बढेर ४ अर्ब ८ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ४.२७ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह २०.३७ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट घटेर १.३१ प्रतिशत पुगेको छ । १४ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब २५ करोड रहेको छ  ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी  १७.९५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३५.८६ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved