बैंक अफ काठमाण्डुको नाफा ३३ प्रतिशतले बढ्योे, वितरणयोग्य मुनाफा ८५ करोड माथी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 12:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाण्डु  Bank of Kathmandu Limited को खुद नाफा ३३.८७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८७ करोड ३४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब १६ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८५ करोड ६९ लाख रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले  घटेर २ अर्ब ३५ करोडमा झरेकोे छ । समिक्षा अवधिमा बैंकको निक्षेप ४.८६ प्रतिशतले बढेर ९६ अर्ब ५७ करोड पुगेको छ भने कर्जा प्रवाह २२.२७ प्रतिशतले बढेर ९२ अर्ब ७७ करोड पुगेको छ । बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट घटेर १.०१ प्रतिशतमा झरेको छ । 

९ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा  ५ अर्ब ४१ करोड रूपैयाँ रहेको छ  ।यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १३.६३ बाट बढेर १६.१४ रुपैयाँमा झरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved