चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेरूडे लघुवित्त विकास बैकको खुद नाफा २०८.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा बढेर १५ करोड ३३ लाख पुगेको हो ।
बैकको खुद ब्याज आम्दानी पनि ५८.२८ प्रतिशतले बढेर ४० करोड ५६ लाख पुगेको छ । बैकको सापटी ५०.०२ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैकको सापटी २ अर्ब ५६ करोड थियो । बैकको कर्जा प्रवाह भने ४१.४० प्रतिशतले बढेर ७ अर्ब ८० करोड पुगेको छ ।
बैकको चुक्ता पुँजी ४९ करोड ३८ लाख रहेको छ भने रिजर्भमा ५९ करोड ८ लाख रहेको छ । बैकको रिजर्भ ५२.२३ प्रतिशतले बढेको हो । यस अवधिमा बैकको प्रति शेयर आम्दानी १४.४८ बाट बढेर ४१.४० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ २१९.६४ रुपैयाँ रहेको छ ।