बेष्ट फाइनान्सको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 08:30:58 AM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company  को साधारणसभा स्थगित भएको छ। कम्पनीले बैशाख ३१ गते शुक्रबार कमलादी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेकोमा कम्पनीको बैशाख १८ गते बसेको संचालक समितिको बैठकले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो 

कोरोनाको नयाँ भेरियन्ट देखिएको तथा नेपाल सरकारबाट कोरोना नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी भएको विषम परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि सभा स्थगित गर्ने निर्णय गरेको हो  । 

कम्पनीले साधारणसभाको लागि कम्पनीको साधारणसभामा मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश गर्ने, मर्जर तथा प्राप्तिको निर्णय गर्ने, सम्झौतामा हस्ताक्षर गर्ने, डिडिएको लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, लगायत मर्जरको सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने , सभामा सामान्य प्रस्ताव अन्तर्गत  अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्तिको अनुमोदन गर्ने, नयाँ संचालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा तय गरेको थियो । 

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved