एभरेष्ट इन्स्योरेन्सको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 08:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company को मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ७२० कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ७७८ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले जेठ १० गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो । सभामा  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ४ सय ४२ रुपैयाँ बराबरको नगद गरि कुल ८.४२ प्रतिषत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रहेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा साधारण प्रस्ताव अन्तर्गत  वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने ,   बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

विशेष प्रस्ताव अन्तर्गत बोनस वितरणपछि पुँजी बढ्ने भएकोले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, उपयुक्त संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष संचालन गर्नको लागि प्रबन्धपत्रमा आवश्यक ब्यबस्था थप गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved