एनएमबि बैंकले जेठ ९ गतेदेखि उर्जा ऋणपत्र निष्काशन गर्ने, कति दिन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 09:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले जेठ ९ गतेदेखि एनएमबि उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले डेढ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  १५ लाख कित्ता  ऋणपत्र निष्काशन गर्न लागेको हो  । 

जस मध्ये ९ लाख कित्ता नितिजा तबरबाट र ६ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १५ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved