२ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 08:29:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज जेठ १३ गते बिहिबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जरनल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।  यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्ने निर्णयले आज जेठ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited  ले जेठ २८ गते शुक्रबार भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको हो  । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्बको १२ प्रतिशतले हुन औअने १२ करोड बराबरको बोनस शेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन प्राप्त भएमा सोहि अनुसार संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance  ले जेठ २८ गते शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारण सभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन प्राप्त भएमा सोहि अनुसार संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने र संचालकको बैठक भत्ता पुनरावलोकन गर्ने प्रस्ताव पेश हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved