नेप्सेको वेबसाइटमा समस्या, मार्केटडेप्थको तथ्यांक गलत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 12:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । नेप्सेको वेबसाइटमा रहेको मार्केट डेप्थमा समस्या देखिएको हो । 

मार्केट डेप्थमा लगानीकर्ताले राखेको अर्डर देखिएको छैन भने कम्पनीको घटबढ भएको प्रतिशत पनि गलत देखिएको छ । यदि कुनै कम्पनीको मूल्य घटेको भए , मूल्य जति घटेको भएपनि १ सय प्रतिशतले घटेको देखाईएको छ । त्यस्तै यदि  कुनै कम्पनीको मूल्य बढेको भए , मूल्य जति घटेको भएपनि १ सय प्रतिशतले बढेको देखाईएको छ 

जबकी एक दिनमा कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा घटबढ हुन पाउदैन । मार्केट डेप्थमा अर्डरहरु नदेखिंदा लगानीकर्ताहरु सूचना पाउँनबाट बन्चित भएका छन् । त्यस्तै लगानीकर्ताहरुले शेयरको मूल्य कति प्रतिशतले घटबढ भएको हो भन्ने सहि जानकारी पाउँन सकेका छैनन् । यो समस्या नेप्सेको दुवै वेबसाइट नेपालस्टक डटकम र नेपाल स्टक डट कम डट एनपीमा देखियो हो । नेप्सेको नयाँ वेबसाइट भने हाल मर्मतको लागि भनेर बन्द गरिएको छ । टिएमएसमा भने मार्केट डेप्थको डाटा सहि नै देखिएको छ । 

नेप्सेले यस बारे जानकारी लिएको र समस्या समाधान भईरहको जनाएको छ । नेप्सेको वेबसाइट पटक पटक समस्या आउने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved