मल्टीपर्पस फाइनान्स Multipurpose Finance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले असार ६ गते साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन भने साधारणसभाको एजेण्डा पनि सार्वजनिक गरेको छैन ।