नयाँ ब्रोकर थप्ने तयारीमा धितोपत्र बोर्ड, शेयर कर्नरिङ गर्नेहरु बोर्डको निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 09:35:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई बजारमा भित्र्याउने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डको २९ औ वार्षिकोत्सवमा शुभकामना दिदै नयाँ धितोपत्र दलाल ब्यबसायीलाई बजार प्रवेश गराउने योजना रहेको बताएका हुन् ।

उनले बजारमा ब्रोकर थप्नु पर्ने आवश्यकता रहेको बताउदै बोर्डको संचालक समितिमा यस विषयको प्रस्ताव गएको र निर्णय हुन बाँकि रहेको बताएका छन् । उनले प्रदेशमा पनि ब्रोकर थपिने बताएका छन् ।

उनले बजारमा शेयर कर्नरिङ गर्ने केहि कम्पनीलाई निगरानीमा राखेको समेत बताएका छन् । उनले भनेका छन् ' बजारमा कहिले कर्नरिङ भएका, कहिले सर्कुलर ट्रेडिङ, कहिले इन्साइडर ट्रेडिङ भएका कुरा आउँछन् । कहिले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत निश्चित कम्पनीका सेयर लाई प्रभाव पर्ने कुरा पनि सुनिन्छ । धितोपत्र बजार ऐनअनुसार यस्ता क्रियाकलाप गर्नु अपराध हो । यसलाई नियन्त्रण गर्नुपर्छ । विगतमा यस्तो विषयमा अध्ययन नै हुँदैन थियो । हामीले अध्ययन थालेका छौँ । अध्ययनपछि कुन तहसम्म पत्ता लगाउन सक्छौैैँ र त्यसपछि कारबाही हुने हो । यो अत्यन्तै समय लिने काम पनि हो । अहिले नै हामीले केही कम्पनीको कारोबार रोक्का गरेका छौँ र केही कम्पनीलाई निगरानीमा राखेका छौँ । '

बोर्डले वार्षिकोत्सवको अवसरमा आज विशेष कार्यक्रम समेत आयोजना गरेको छ । निषेधाज्ञाको कारण बोर्डले भर्चुअल माध्यमबाट औपचारिक कार्यक्रम गर्ने भएको छ । बोर्डले मंगलबार बिहान १०:३० बजेदेखि सुरु हुने गरि औपचारिक कार्यक्रम सुरु गर्ने जनाएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल भर्चुअल कार्यक्रममा  सहभागी हुने भएका छन् । कार्यक्रममा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डको प्रतिवेदन पेश गर्ने, पूँजी बजार तथा वस्तु बजार सम्बन्धी विषयका उत्कृष्ठ तीन शोधपत्रहरुको घोषणा गर्ने, र आर्थिक बर्ष २०७७।७८ को पत्रकारिता पुरस्कारको घोषणा गर्ने कार्यक्रम रहेको छ ।  

त्यस्तै कार्यक्रममा  उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यूको शुभकामना सन्देश दिने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । त्यस्तै उपप्रधान मन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड, आर्थिक लेख विषेशाङ्क २०७८ को विमोचन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved