धितोपत्र बोर्डले भन्यो 'शेयरबजार बढेसंगै जोखिम पनि बढ्यो, बुझेर लगानी गर्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 10:42:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।  बोर्डले लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्वन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लहै लहैमा नलागी लगानी सम्वन्धी निर्णय लिन अनुरोध गरेको हो ।

पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोवार बृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन शुरु गरिएको जनाएको छ । यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न सक्ने बोर्डको भनाई छ।

यस्तो अवस्थामा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न बोर्डले अनुरोध गरेको छ  ।

शेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरु चनाखो हुन जरुरी रहेको बोर्डले जनाएको छ।  विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा उपरोक्त बमोजिमको विश्लेषणमा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता समेत दृष्टीगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णय लिन लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved