हकप्रद निष्काशनको अनुमति माग गर्दै शिखर इन्स्योरेन्सले धितोपत्र बोर्डमा दियो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 03:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  आवेदन दिएको छ  ।  कम्पनीले जेठ २५ गते बोर्डमा आवेदन दिएको हो  ।  

कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो  ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । 

कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved