खानी खोला हाइड्रोको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 10:20:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कारोबार रोक्का रहेको खानी खोला हाइड्रोको शेयर कारोबार फुकुवा गरेको छ  । कम्पनीको कारोबार जेठ २० गते देखि रोक्का गरिएकोमा नेप्सेले जेठ ३० गतेदेखि लागु हुने गरि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो  । 

 कम्पनीले वित्तीय विवरण पेश नगरेपछि नेप्सेले कारोबार रोक्का गरेको गरेको थियो । कम्पनीले जेठ २६ गते कम्पनी लगइन्बाट नेप्सेको वेबसाइटमा लगानीकर्ताले विवरण हेर्न सक्ने गरि अपलोड गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको जनाएको छ ।  नेप्सेले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली अक्षरस पालना गर्नको लागि कम्पनीलाई सचेत गराएको जनाएको छ । 

नेपाल धितोपत्र बोर्डले जेठ १९ गते नेप्सेलाई पत्राचार गरेर वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीको कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।  त्यस अघि लगानीकर्ता केशव कोइरालाले खानी खोला सहित जोशी र हिमाल दोलखाले पनि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गर्न माग गर्दै नेप्से र बोर्डमा उजुरी दिएका थिए ।   नेप्सेले जोशी र हिमाल दोलखाको कारोबार रोक्का गर्न आवश्यक नदेखिएको भन्दै खानीखोलाको मात्र कारोबार रोक्का गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved