मौद्रिक नीतिमा के चाहन्छन् लगानीकर्ता संघहरु ?

उमेश न्यौपाने/बिजपाटी

उमेश न्यौपाने/बिजपाटी

Jun 14, 2021 | 11:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अघि विभिन्न सरोकारवालाहरु संग छलफल पनि सुरु गरेको छ । 

शेयर बजारका लगानीकर्ताहरु पनि मौद्रिक नीतिको पर्खाइमा छ । शेयर बजारमा हरेक दिन जसो नयाँ नयाँ रेकर्ड बनिरहँदा मौद्रिक नीति प्रति चासो बढी छ ।  यसै सिलसिलामा हामीले ५ वटै लगानीकर्ता संघहरुसंग मौद्रिक नीति कस्तो आउनु पर्छ र उनीहरुको चाहनाबार  कुराकानी गरेका छौ।  

नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार पुँजीबजारमा दिई राखेको सेवा तथा सुविधा आउँदै गरेको मौद्रिक नीतिले कुनै पनि नघटाइ सकेसम्म बढाएर पुँजीबजारलाई धक्का नपर्ने गरी मौद्रिक नीति ल्याईनुपर्ने बताउछन् । बजारको पूँजीकरण ४० खर्ब पुगिसकेकोले मौद्रिक नीतिले त्यहि अनुसारको सेवा सुविधा दिनुपर्ने उनको भनाई छ । 'अन्य मूलुकमा पूँजीबजारलाई कसरी व्यवस्थित गरिन्छ त्यो तरिकाले हेरेर,मनन गरेर नेपाली पूँजीबजारलाई धक्का नपर्ने गरी मौद्रिक नीति ल्याउँनुपर्छ ।' रौनियारको भनाइ छ । 

रौनियारले ७० प्रतिशत मार्जिन रहेकोमा सोही कायम गरेर बैंक मर्जरको कुरा स्पष्ट भएर मौद्रिक नीति आउनु पर्ने बताएका छन् ।   राष्ट्रबैंकको नेपालमा १२/१५ वटा मात्र बैंक भए पुग्छ भन्ने अभियान सफल पार्न त्यही अनुसारको मर्जर नीति ल्याउँनुपर्ने उनको भनाई छ । यसरी थोरै बैंक हुँदा सबल तथा बलियो हुने र पूँजीबजारलाई लाभ हुने उनको भनाइ छ । 

त्यस्तै सुचिकृत कम्पनीलाई नीति नै बनाएर कारवाहीको ब्यबस्था गर्नु पर्ने उनी बताउछन् । “समयमा बोनश सेयर, हकप्रद सेयर नदिने, सेयर बढाउँन विभिन्न चलखेल गर्ने, बजारलाई नकारात्मक प्रभाव पार्ने सूचना फैलाएर बदमासी गर्नेलाई धितोपत्र बोर्डले कारबाही गर्नुपर्छ । सम्पूर्ण जिम्मेवारी बोर्डमा भएकोले यस्ता गलत कदम चाल्नेलाई सामान्य रुपमा चिठी काटेर, पत्र पठाएर मात्रै नभई नीति बनाएरै कारवाही गर्नुपर्छ ।” रौनियारको भनाइ छ ।

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल  एकपटक ल्याईएको मौद्रिक नीति कम्तीमा ६ महिनासम्म कायम हुनु पर्ने बताउछन्। अर्को नीति नआउन्जेलसम्म टिक्ने खालको मौद्रिक नीति आउनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकको अस्थिर नीतिका कारण मौद्रिक नीति समय–समयमा परिवर्तन हुँदा बजारमा चलखेल बढ्ने गरेको उनको भनाइ छ । उनी भन्छन् “भर्खर बामे सर्न लागेको नेपालको पूँजी बजारमा मार्जीनलाई घटाउँन तथा नियन्त्रण गर्न हुँदैन, स्थिर राख्नुपर्छ । मौद्रिक नीतिले प्रत्यक्ष रुपमा पूँजीबजारलाई प्रभाव पार्ने हुँदा त्यसबारे ध्यान दिएर नीति ल्याईनुपर्छ ।” 

त्यस्तै नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल मार्जिन बढाउनु पर्ने बताउछिन् । मार्जिन घटाउँने ब्याजदर बढाउँने गरिएमा लगानीकर्तालाई गम्भिर असर पर्ने भन्दै मार्जिन नघटाई सकेसम्म बढाउँनुपर्ने पक्ष मौद्रिक नीतिमा हेरिनुपर्ने उनको भनाई छ।

बजारमा चलखेल नहुने वातावरण बनाउनु पर्ने उनको भनाई छ । उनी भन्छिन् “ अहिले बजारमा कर्नरिङ गरेर मूल्य बढाउने, इपिएस, नेटवर्थ कम भएका, संस्थागत स्रोत साधनको सदुपयोग नगरेका कम्पनीहरु उचाल्लिरहेका कारण राष्ट्र बैंकले त्यसलाई निगरानी गर्नु पर्छ । यस्ता कारण साना लगानीकर्ता फसाउँन हुँदैन । यस्ता कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति कुनै हालतमा दिन हुँदैन ।”  सातै प्रदेश ७७ वटै जिल्लामा ब्रोकर पुर्याउने कुरा अल्झिएको भन्दै पोखरलले यसबारे राष्ट्रबैंक र धितापत्र बोर्डले एकअर्कालाई दोषारोपण गर्ने गरेको पाइएकोले राष्ट्र बैंकले यस्ता गाँठो फुकाईदिनुपर्ने उनको भनाई छ।  

शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल पनि सबैको ध्यान मार्जिनप्रति भएकोले मार्जिन जस्ताको तस्तै हुनुपर्ने बताउँछन् । इपिएस नेगेटिभ, वित्तिय सुशासन नभएका नन् फण्डामेन्टल स्टकको मार्जीन र बैंकको मार्जिन भने फरक फरक उनको भनाई छ। सबैखाले कम्पनीलाई एउटै किसिमको मार्जिन नराखी यसबारे पुनरावलोकन भए राम्रो उनी बताउछन्  । 

 बैंकहरूकाे मर्जर कुरा उठ्ने तर त्यसबारे कार्यान्वयन पक्ष राम्रो नभएकोले बैंकको मर्जर नीति ल्याउँनुपर्ने उनको भनाइ छ । त्यस्तै लघुविक्त तथा वित्तीय संस्थाका सेयर पुससम्म बिक्रि गरि सक्नु पर्ने ब्यबस्था पुनरावलोकन हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल पुँजीबजार संघकी अध्यक्ष  संरक्षणा चौधरी दिनानुदिन बढ्दै गइरहेको विद्युतीय कारोबारले पूँजीबजारलाई थप बलियो बनाएकोले यसलाइ अझै थप र व्यापक रुपमा बढाइनु पर्ने बताउछिन्। “पूँजीबजारमा हुने विद्युतीय कारोबारको भुक्तानी सहज एवम् सबल बनाइनु पर्ने उनको भनाई छ। पुनरकर्जामा सहुलियत दिइनुका साथै सेयरधितो कर्जा अवधिको भुक्तानी थप गर्नु पर्ने उनी बताउछिन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved