मेरो शेयरमा नयाँ सुविधा थपिँदै, यसै महिनादेखि आफै पासवर्ड रिसेट गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 01:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अब समाधान हुने भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिन लागेको हो । 

यो लागु भएसंगै यदि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने छन् । हाल पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएको छ । अब भने सिडीएसले 'फरगट पासवर्ड'को विकल्प दिन लागेको हो । 

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लगानीकर्ताहरुले यो असार महिना भित्र नै लगानीकर्ताले यो सुविधा उपयोग गर्न पाउँछन् । अन्तिम केहि काम बाँकि रहेकोले यो महिना भित्र नै पासवर्ड रिसेट गर्ने विकल्प खुला गरिने उनले बताएका हुन् 

पासवर्ड बिर्सिएमा आफ्नो इमेल आइडी उल्लेख गरेर रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने ब्यबस्था सिडीएसले गर्न लागेको हो । यसो भएमा लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफै जुनसुकै समयमा परिवर्तन गर्न सक्ने छन् । 

हाल भने पासवर्ड बिर्सिएमा आफ्नो डिपी अर्थात् जहाँ खाता खोलेको हो, त्यहाँ सम्पर्क गरेर पासवर्ड रिसेट गर्ने लिंक मगाउने पर्ने बाध्यता छ । डिपी कार्यालय समयमा मात्र खुल्ने भएकोले कार्यालय समयमा बाहेक लगानीकर्ताले पासवर्ड रिसेट गर्न सक्ने विकल्प थिएन । यसको कारण लगानीकर्ताले सास्ती भोग्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved