कामना सेवा विकास बैंकको ऋणपत्र सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 09:43:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को ऋणपत्र २०८७ सूचिकृत भएको छ । बुधबार कम्पनीको १० लाख इकाई ऋणपत्र सुचिकृत भएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले ऋणपत्र  सूचीकरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

बैंकले माघ २२ मा निष्काशन तथा बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बराबरको प्रति कित्ता १ हजार अंकित १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल रहेको छ ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved