आरविविले असार २३ देखि आफ्नो पहिलो म्यूचुअल फण्डको इकाई निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 09:08:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले असार २३ गतेदेखि सामुहिक  आरविवी म्युचुअल फण्ड १ को इकाई निष्काशन गर्ने भएको छ । कम्पनीले संचालन गर्न लागेको यो पहिलो सामुहिक लगानी कोष योजना हो ।

कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई कोष प्रबर्दक राष्ट्रिय वाणिज्य बैंकलाई, र न्युनतम २ प्रतिशत इकाई योजना ब्यबस्थापक आरविवी मर्चेन्टलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले यस निष्काशनमा छिटोमा असार २७ गतेसम्म र त्यससमयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकिया र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ । 

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “ हो । योजनाको समयावधि सात बर्षको रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved