
साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा सामान्य अंककाे करेक्सन भएको छ । आज नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ को बिन्दुमा पुगेको हो ।
आज ५ अर्ब ०५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज होटेल र पर्यटन, म्युचुअल फण्ड र अन्य समूहको समूहगत सूचक बढेको छ भने बाँकी सबैको समूहगत सूचक घटेको छ । होटेल र पर्यटन समूहको सूचक सर्वाधिक बढी २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सूचक सवौधिक बढी १.७६ प्रतिशतले घटेको छ ।
आज नेपाल इन्योरेन्स कम्पनीको सर्वाधिक बढि २१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।