आज २ कम्पनीको १६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 06:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको गरि कुल १६ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज १ लघुवित्त र एक विकास बैंकको गरि कुल १६ लाख ६७ हजार ७ सय ६८ दशमलव ५५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

आज मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को ९.१९९८ प्रतिशतले हुन् आउने ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता बोनस शेयर र शंग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को ५ प्रतिशतले हुन आउने १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved