
नेपाल फाइनान्स Nepal Finance ले ललितपुर फाइनान्स Lalitpur Finance लाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । नेपाल फाइनान्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
जेठ २८ गते सम्पन्न दुवै फाइनान्सको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि विशेष प्रस्ताव प्रस्ताव पारित गरेको थियो। राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असर १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
एकिकृत कारोबार गर्नको लागि डाटा माईग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते दिउँसो १२:३० देखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ । नेपाल फाइनान्सले १:१ को स्वाप रेसियो ललितपुर फाइनान्सलाई गाभेको थियो ।
यी २ संस्थाबीच गत पुस २३ गते गबहने गबहिने सम्झौतामा हस्ताक्षर भएको थियो। यस सम्बन्धि सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट फाइनान्सका संचालक समितिका अध्यक्ष प्रा. डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका थिए । निजि क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सको चुक्ता पुंजी ३१ करोड र २०५१ सालमा खुलेको ललितपुर फाइनान्सको चुक्ता पुंजी २४ करोड रहेको छ।
नेपाल फाइनान्सका २ शाखा छन् भने थप ६ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टर खोल्ने तयारीमा छ। यता ललितपुर फाइनान्सको ३ वटा शाखा रहेका छन्। प्राप्ति पश्चात नेपाल फाइनान्सको शाखा संख्या १३ पुग्नेछ।
प्राप्ति पश्चात नेपाल फाइनान्सको नामबाट नै फाइनान्सले कारोबार गर्नेछ भने र नेपाल फाइनान्सकै संचालक समिति तथा व्यवस्थापन रहनेछ।