माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 08:49:18 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले असार ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले  प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ।   १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज भुक्तान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई असार १६ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।  ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  

इच्छुक लगानीकर्ताले छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम २५  कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved