साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो सूचक, नेपाल बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 04:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोटो अंकले बढेको छ । आज नेप्से सूचक २३.७६ अंकले बढेर २८२४.८९ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ८१ करोड ५२ लाख २० हजार २ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

जस मध्ये नेपाल बैंकको सबैभन्दा धेरै २१ करोड ५२ लाख बराबरको र हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आज गुहेश्वरी मर्चेन्ट बैंक एंड फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ९.४७ प्रतिशतले घटेको छ

आज कारोबारमा आएका ट्रेडिङ र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज फाइनान्स समुहको सूचक सबै भन्दा धेरै ३.ओ९ प्रतिशतले बढेको छ भने विकास बैंक समुहको सूचक २.१२ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved