लक्ष्मी बैंकको २ अर्बको ऋणपत्र बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 10:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited ले आज असार २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  २० लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो । 

जस मध्ये १२ लाख कित्ता निजि तबरबाट र ८ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ३१ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । 

१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved