जीवन विकास र मनकामना स्मार्ट लघुवित्तले चयन गरे शेयर रजिष्ट्रार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 09:07:43 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एमएनबि क्यापिटल नियुक्त भएको छ ।  यस संगै दुवै कम्पनीको  शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने छ । 

दुवै कम्पनीले हालै मात्र आईपिओ निष्काशन गरेका हुन् । मनकामनाले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । 

त्यस्तै जीवन विकासले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको थियो  । 

दुवै कम्पनीको शेयर नेप्सेमा सुचिकृत हुन बाँकि छ । शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved