प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा, नआएको भए के गर्ने ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 19, 2021 | 09:05:09 AM मा प्रकाशित

laxmi bank

प्रभु इन्स्योरेन्स Prabhu Insurance Company ले बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको जनाएको छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको १० प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो । 

२०७८ बैशाख २५ गतेसम्म शेयर डिम्याट गराएका लगानीकर्ताको खातामा शेयर पठाईएको र सो मिति भन्दा पछि शेयर डिम्याट गराएकालाई क्रमश शेयर पठाईने कम्पनीले जनाएको छ । शेयर डिम्याट नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले  आग्रह गरेको छ  ।  शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ  ।  

 शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved