सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी शेयर बिक्रि गर्दै सनराइज बैंक, २८ करोड आम्दानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 09:44:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company  को ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा इन्स्योरेन्सको ५ लाख ५ सय १२ कित्ता शेयर बिकी गर्ने भएको हो ।

बैंकले यी शेयरको न्युनतम मूल्य ५७६ रुपैयाँ २२ पैसा रहेको छ । शेयर बिक्रिको लागि हाल कायम संस्थापक शेयरधनी नै प्राथमिकतामा पर्ने छन् । उक्त शेयर खरिद गर्न चाहने हाल कायम संस्थापकहरुलाई ३५ दिन भित्र निवेदन आवेदन दिन आग्रह गरेको छ ।

३५ दिन भित्र पुरै शेयर खरिदको लागि आवेदन नपरेमा वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई बिक्रि गरिने सगरमाथा इन्स्योरेन्सले जनाएको छ ।

यी शेयर ५७६ रुपैयाँ २२ पैसाको दरले बिक्रि भएमा सनराइज बैंकले यसबाट २८ करोड ८४ लाख ५ हजार २४ रुपैयाँ ६४ पैसा आम्दानी गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved