मध्य भोटेकोशीको आईपीओमा शुक्रबारसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 08:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा शुक्रबार २ हजार बढीको आवेदन परेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा २ हजार १०७ जना आवेदकबाट ४ करोड ४२ लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको ४ लाख ४२ हजार ६७६ कित्ताका लागि आवेदन परेको छ । क्यापिटलका अनुसार हालसम्म ९ हजार ८२४ जना आवेदकबाट २१ करोड १७ लाख २३ हजार ७ सय बराबरको २१ लाख १७ हजार २३७ कित्ताका लागि आवेदन परेको छ । 

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम ५० देखि अधिकतम् ४०० कित्तासम्म आवेदन दिन सक्ने छन् । आवेदन दिने अवधि छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ३२ गतेसम्म तोकिएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेकोमा ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ सहित ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ । बाँकी ४२ लाख कित्ता भने सिन्धुपाल्चोक जिल्ला बासीका लागि छुट्याइएको छ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनीले वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved