नेप्से सूचक फेरि उच्च विन्दुमा, हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 03:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । आज सूचक २९.२३ अंकले बढेर ३०७९.६७ को विन्दुमा पुगेको छ, जुन हालसम्म कै उच्च अंक हो 

आज कारोबारमा आएका २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६  सय ४३ रुपैयाँ ०५ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये एनआईसी एसियाको सबैभन्दा धेरै ४९ करोड १५ लाख, अपि पावरको ४८ करोड ३२  लाख, युनाईटेडमोदीको ३६ करोड २४ लाख, सानिमा माई हाइड्रोको ३५ करोड २८ लाख, र नेशनल हाइड्रोको ३४ करोड ७७ लकः बराबरको कारोबार भएको छ  

आज मल्टीपर्पोस फाइनान्स, खानी खोला हाइड्रो, युनाईटेड मोदी हाइड्रो, नेपाल हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ  

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, ट्रेडिङ, होटेल तथा पर्यटन, लघुवित्त बाहेक सबै सबै समुहगत सूचक बढेका छन् ।  आज उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ४.७४ प्रतिशत र हाइड्रो समुह सबै भन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ । लघुवित्त समुह सबै भन्दा धेरै २.०६ प्रतिशतले घटेको छ  

आज कारोबारमा आएका मध्ये ११० कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved