
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामुहिक लगानी कोष योजना 'लक्ष्मी उन्नति कोष'को मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कोषको प्रति इकाई मूल्य १२.६२ कायम भएको छ । समायोजनपछि कोषको प्रति इकाई मूल्य १५.१२ रहेको थियो ।
कोषले लाभांश वितरणको लागि आज साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरिएकोले आज मूल्य समायोजन भएको हो । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।
'लक्ष्मी उन्नति कोष'ले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दै छ । आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति फण्ड पहिलो बनेको हो ।
क्यापिटल कै अर्को योजना लक्ष्मी इक्विटी फण्डले पनि ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।