सामान्य अंकले बढ्यो नेप्से, अरुण काबेलीको उच्च कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 03:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ४.०६ अंकले बढेर ३०८५.०७ को उचाईमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३ सय ५५ कित्ता शेयर खरिद बिक्रिबाट १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६ सय ६ रुपैयाँ ४३ पैसा बराबरको कारोबार भएको छ 

जस मध्ये अरुण काबेली पावरको सबै भन्दा धेरै ३७ करोड ७५ लाख , युनिभर्सल पावरको ३५ करोड ४८ लाख, फर्स्ट माइक्रोफाईनान्सको ३४ करोड ३ लाख, नागरिक लगानी कोषको ३२ करोड १९ लाख , रिडी हाइड्रोको २८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । 

आज घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुराँस लाइफको शेयर मूल्य ९.९८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको शेयर मूल्य ९.०९ प्रतिशत, युनिभर्सल पावरको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । आज नेपाल हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै ५.३३ प्रतिशतले तथा युनाइटेड इदी मार्दीको शेयर मूल्य ५.०७ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये ८६ कम्पनीको मूल्य बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved