फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता बढी शेयर लिलाम गर्दै आईसीएफसी फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 08:56:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीएफसी फाइनान्सले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । फाइनान्सले फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता शेयर लिलाम गर्न लागेको हो । 

यस लिलामीको शेयरमा हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छन् । यी शेयरमा आज साउन २१ गतेदेखि भदौ २४ गतेसम्म  आवेदन दिन सकिने छ

यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ३ सय तोकिएकोले सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम १ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलामको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 

पुरै शेयर बिक्रि हुँदा फाइनान्सले यस लिलामीबाट न्युनतम ९ करोड ५८ लाख आम्दानी गर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved