मुख्य आम्दानी घट्दा पनि ११५ प्रतिशतले बढ्यो मन्जुश्री फाइनान्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 08:13:40 AM मा प्रकाशित

आर्थिक वर्ष ७७/७८ मा मन्जुश्री फाइनान्स Manjushree Finance  को खुद नाफा ११५.८१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ मा कम्पनीले २६ करोड ३२ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा बढेर ७६ करोड २६ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४८ करोड ५६ लाख रहेको छ । कम्पनीको खुद ब्याज २८.६१ प्रतिशतले घटेर २८ करोड ११ लाख पुगेको छ । तर कम्पनीको अन्य संचालन मुनाफा बढेर ७६ करोड २६ लाख पुगेपछि कम्पनीको खुद नाफा बढेको हो।

बैंक वित्तीय सँस्थाको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी घटेपनि मन्जुश्री फाइनान्सले सेयर बजार लगायतका क्षेत्रबाट मनग्गे आम्दानी गर्दा उसको खुद मुनाफा झन्डै ११६ प्रतिशतले बढेको हो।

कम्पनीको निक्षेप ५२.३८ प्रतिशतले बढेर ८ अर्ब ९१ करोड पुगेको छ भने कर्जा प्रवाह ५.४८ प्रतिशत ६ अर्ब २० करोड पुगेको छ । ९६ करोड ५३ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ७६ करोड ७८ लाख रहेको छ ।  

कम्पनीको खराब कर्जा भने २.३४  प्रतिशत बाट बढेर ३.३६ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ५८.८५ रुपैयाँ, प्रति शेयर नेट वर्थ १७९.५३ रुपैयाँ रहेको छ  । त्यस्तै मूल्य आम्दानी अनुपात २१.७५ गुणा रहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved