नेप्से सूचक फेरि नयाँ उचाईमा, विकास बैंकमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 03:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अकले बढेको छ । आज नेप्से सूचक १६.३२ अंकले बढेर ३१७८.९१ को बिन्दुमा पुगेको छ । यो सूचक हाल सम्म कै उच्च विन्दु हो । 

आज कारोबारमा आएका २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर कह्रिड बिक्रिबाट १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँ १ पैसाको कारोबार भएको छ । 

जस मध्ये अपर तामाकोशीको सबैभन्दा ६२ करोड ७९ लाख, कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख, शाइन रेसुंगाको ४८ करोड ८३ लाख , एचआइडिसीएलको ४४ करोड र गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त, र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पाँचथर पावरको शेयर मूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल, हाइड्रो, लघुवित्त, न्र्जिवन बीमा, अन्य र ट्रेडिङ बाहेकक सबै समुहगत सूचक बढेका छन् । आज विकास बैंक  समुह सबै भन्दा धेरै ६.४० प्रतिशतले बढेको छ भने ट्रेडिङ समुह सबैभन्दा धेरै १.५१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved