इन्भेष्टमेन्ट बैंकको मुख्य आम्दानी घटेपनि नाफा ५० प्रतिशतले बढ्यो, बाँड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 07:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को खुद नाफा ५०.६९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोडबाट बढेर ३ अर्ब ६५ करोड पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने २.२० प्रतिशतले घटेर ५ अर्ब ५९ करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप ४.९३ प्रतिशतले बढेर १ खर्ब ७४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.१५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ । १६ अर्ब २५ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १६ अर्ब रहेको छ । बैंकको खराब कर्जा २.९१ प्रतिशतबाट घटेर २.४६ प्रतिशत कायम भएको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.४६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९८.४८ रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने सम्झौता गरिसकेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved