यी ३ कारणले घट्यो सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको खुद मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 11:08:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद मुनाफा घटेको छ। अघिल्लो आर्थिक बर्ष ४ अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्ष ३ अर्ब ७९ करोड मात्रै आर्जन गरेको छ।  

कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएको हो। 

गत आर्थिक बर्षको बैंकले खुद ब्याज आम्दानीबाट ८ अर्ब २४ करोड आर्जन गरेको छ, जबकी अघिल्लो आर्थिक बर्ष ९ अर्ब ४५ करोड थियो। त्यस्तै बैंकको संचालन आम्दानी ९ अर्ब ७६ करोड रहेको छ, जबकी अघिल्लो आर्थिक बर्ष यस्तो आम्दानी १० अर्ब ७० करोड थियो। 

त्यस्तै बैंकको संचालन नाफा ५ अर्ब ९ करोड रहेको छ जबकी अघिल्लो आर्थिक बर्ष ५ अर्ब ९४ करोड संचालन आम्दानी थियो। गत आर्थिक बर्ष बैंकको समग्र आम्दानी ६ अर्ब ३७ करोड रहेकोमा अघिल्लो आर्थिक बर्ष २ अर्ब ४८ करोड मात्रै रहेको छ। 

तर बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक बर्षको तुलना गत आर्थिक उल्लेख्य रुपमा बढेको छ। अघिल्लो आर्थिक बर्ष ४४ करोड ७७ लाख वितरणयोग्य मुनाफा रहेकोमा गत आर्थिक बर्ष ४ अर्ब ५२ करोड रहेको छ।   

यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक बर्ष २०७७-०७८   मा बैैंंकको शेयरधनी कोष रु. ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved