ङ्गादी ग्रुप पावरको लाभांश घोषणा, २ सय प्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 05:12:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ङ्गादी ग्रुप पावर Ngadi Group Power  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १ सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:२ को अनुपातमा हुन आउने २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved