खानीखोला हाइड्रोलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 04:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोलाई स्पष्टिकरण सोधेको छ कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा त्रुटी देखिएपछि बोर्डले कम्पनीलाई स्पष्टिकरण सोधेको हो । 

बोर्डका प्रवक्ता निरज गिरीले कम्पनीलाई आज पत्र पठाईएको बताए । वित्तीय विवरण सार्वजनिक गर्दा के कसो भएको हो, हुदै नभएको आम्दानीलाई के आधारले आम्दानीमा समावेश गरिएको हो, लगायतका विवरण कम्पनीसंग माग गरिएको उनले बताए । यद्यपि यो स्पष्टिकरण नभई सत्य तथ्य जानकारी पेश गर्न मात्र भनिएको बताए । 

भाषा जे उल्लेख भएपनि यो स्पष्टिकरण नै रहेको बोर्ड स्रोतले जनाएको छ ।

खानी खोलाले वित्तीय विवरण प्रकाशित गर्दा नेपाल विद्युत प्राधिकरणसंग लिन बाँकि ४१ करोड ३ लाख रुपैयाँलाई समेत आम्दानीमा देखाएर नाफा बढेको देखाएको छ । सोहि कारण कम्पनीको शेयर मूल्य हरेक दिन १० प्रतिशतको दरले बढिरहेको छ । जबकी यो रकम प्राधिकरणले कहिले दिन्छ भन्ने टुंगो छैन । अन्य आयोजनाहरुले अनि विभिन्न शिर्षकमा नेपाल सरकार, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसंग रकम लिन बाँकि रहेको छ । तर अन्यले भने यसरी लिन बाँकि रहेको रकमलाई आम्दानीमा देखाउने गरेका छैनन् 

उता विद्युत नियमन आयोगले पनि कम्पनीले गलत वित्तीय विवरण निकालेर मूल्यमा चलखेल गरेको भन्दै कम्पनीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved