हाइड्रोको शेयर अश्वभाविक बढेपछि बोल्यो नियमन आयोग, लगानीकर्ता झुक्याउनेलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 06:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले हाइड्रो कम्पनीहरुको शेयर मूल्यमा अस्विभाविक मूल्यवृद्धि भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सूचना जारी गर्दै सुचिकृत कम्पनीले लगानीकर्तालाई सत्य तथ्य जानकारी गराउनु पर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने तह बहकाउने प्रयोजनले गलत सूचना दिने प्रबर्दक र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाएको छ ।

साथै आयोगले लगानी सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

साथै आयोगले कम्पनीहरुलाई आयोजनाको ऋण तिर्न हकप्रद शेयर निष्काशन गर्न दिने विषयमा हाल सम्म कुनै निर्णय नभएको पनि प्रष्ट पारेको छ । हालसम्म संशोधित निर्देशकको मस्यौदा मात्र सार्वजनिक गरिएको र अन्तिम निर्देशिकामा मस्यौदामा उल्लेख गरेका ब्यबस्था रहन पनि सक्ने र नरहन पनि सक्ने भएकोले यसबारे प्रष्ट हुन आयोगले आग्रह गरेको छ ।

यस्तो छ सूचना :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved