नेप्सेमा इतिहास कै ठूलो गिरावट, सूचक ५ प्रतिशतले घटेपछि लगाईयो सर्किट ब्रेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 01:06:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएपछि सर्किट ब्रेक लगाईएको छ  आइतबार नेप्से सूचक ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ    यस संगै शेयर बजारमा ४० मिनेट कारोबार रोक्का गरिएको छ   

यो समाचार तयार पार्दासम्म नेप्से सूचक १४७.३१ अंकले घटेको छ  यो हालसम्मकै सबै भन्दा उच्च अंकको गिरावट हो  । १२ बजेर ५९ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट लागेको हो   हाल सम्म आज ७ अर्ब १९ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका २ वटा बाहेक सबै कम्पनीको मूल्य घटेको छ 

सर्किट ब्रेकको नियम अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित गरिन्छ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित गरिन्छ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित गरिन्छ    

नेपाल राष्ट्र बैंकको मार्जिन कर्जा सम्बन्धि ब्यबस्थाले लगानीकर्ता प्यानिक हुँदा बजारमा भारी करेक्सन आएको विज्ञहरु बताउछन्   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा यस बारे उल्लेख गरेको हो '।  मौद्रिक नीतिमा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ ।'  ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न १ वर्षको समय राष्ट्र बैंकएल दिएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved