
 2mb (1).gif)
पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । समितिले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएको हो ।
समिति सह संयोजक रोहण कार्कीले गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन पत्र बुझाएको बताए ।
उनका अनुसार राष्ट्र बैंकबाट पुंजी बजारको अस्तित्व नै धरापमा पार्ने गरि विभिन्न समयमा नियोजित तयार गरिएका नीति कार्यक्रम र कार्य नीतिहरुले समग्र पुंजीबजार अगाडी बढ्न नसकेको भन्दै समितिले गभर्नरको राजिनामा मागिएको हो ।
जवाफमा राष्ट्र बैंकका प्रवक्ता ढकालले आफुले यो विषयलाई गम्भीरतापुर्वक लिएको, र गभर्नरसंग छलफल गरेर बजार सुधारको लागि नै राष्ट्र बैंकले काम गर्ने बताएको सह संयोजक कार्कीले बताए ।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम राखेको थियो ।
हेर्नुस भिडियो ।