एनएमबि क्यापिटल NMB Capital को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनामा ६७ करोड बढीको आवेदन परेको छ । यस निष्काशनमा आवेदन दिने आज अन्तिम दिन सोमबार साँझसम्ममा ९९ हजार ७ सय ९ जना आवेदकबाट ६ करोड ७९ लाख ५६ हजार ४ सय ३० इकाईको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएबि क्यापिटलले जनाएको छ ।
आवेदन फेरिफाई हुने क्रम मै रहेकोले यो संख्या घटबढ हुन सक्ने क्यापिटलले जनाएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।
क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको थियो । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।
नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो ।